बुटवलमा केवलकार सञ्चालनको तयारी

बुटवलमा केवलकार सञ्चालनको तयारी

बुटवलको फुलवारी उत्तरपट्टिको देउरालीबाट पाल्पाको नुवाकोट गढीसम्म केवलकार सञ्चालन हुने भएको छ ।
बुटवलको फुलवारी उत्तरपट्टिको देउरालीबाट पाल्पाको नुवाकोट गढीसम्म केवलकार सञ्चालन हुने भएको छ ।
करिब १ अर्व रुपैयाको लगानीमा निमार्ण हुने सो केवलकार निमार्णको र्पू तयारी अन्तिम चरणमा पुगेको छ। कुल लम्बाइ २ कि.मी ९० मिटर रहेको सो केबलकारको निमार्ण यसैबर्ष शुरुहुने सिद्धार्थ केवलकार का संचालक राजेन्द्रसिंह गुरुङ्गले बताए । केवलकार संचालनका लागि आवश्यक जग्गा उपलब्ध गराउन बुटवल सामुायिक वन उपभोक्ता समिति १—२ रुपन्देहीले सहमती प्रदान गरिसकेको छ ।उपभोक्ता समितिको सहमती र सम्बन्धित निकायमा सिफासिसका लागि आवश्यक निर्णय गर्न शनिबार एक विशेष भेलाको आयोजना गरिएको थियो ।
सन २०२० को जनवरीसम्ममा निमार्णसम्पन्न हुने केवलकारमा प्रत्यक्ष ६० जना र अप्रत्यक्ष १ सय ५० जना भन्दा बढीले रोजगारी प्राप्त गर्ने सिद्धार्थ केबलकार प्रा.लि. का कन्सल्टेण्ट एवर्म रोपवे नेपाल प्रा.ली. का अध्यक्ष गुण राज ढकालले बताएका छन । ढकालका अनुसार अबको ४ महिनापछि केवलकारको निमार्ण शुरु हुनेछ भने निमार्ण शुरु भएको १८ महिनामै सम्पन्न हुने छ ।सहमतीपछि जग्गा हस्तान्तरण, रुख कटानका लागि अनुमती लगाएतका आवश्यक प्रकृया पुरा गर्नका करिब ३ महिना लाग्ने ढकालले बताए । बुटवलदेखि नुवाकोटसम्म केवलकार संचालनपछि बिशेषत पुरानो बटौली बजार क्षेत्रको विकासमाटेवा पुग्ने विश्वास गरिएको छ । शुरुवातमा दैनिक ५ हजार यात्रु बोक्ने क्षेमता रहेको केवलकारको अधिकतम दैनिक १० हजार यात्रु बोक्ने रहेको छ । शुरुवातमा १ घण्टामा १ हजारका दरले स्वदेशी वा विदेशी पर्यटक बोक्ने लक्ष्यका साथ स्थापना हुन लागेको सो केवलकारमा अधिकतम ९० वटा डिब्बा रहने सिद्धार्थ केवलकार प्रा.लि. ले जनाएको छ । पश्चिम नेपालका विभिन्न जिल्लाहस्को साथै भारतका गोरखपुर, लखनउ,बनारस र बिहारका विभिन्न स्थानकासमेत गरि करिब ८ करोड जनसंख्या यसको लक्षित क्षेत्र रहेको र त्यसमध्ये १० प्रतिसतमात्रले एकपटक यो केवलकार चढेमा ८० लाखले यो मौका प्राप्त गर्ने अनुमान गरिएको ढकालले भेलामा बताए । केवलकारको लागि करिब ७ बिघा जग्गा आवश्यक पर्ने र उक्त जग्गा पार्प्तिका लागि सरोकारवाला पक्षका प्रतिनिधि सहितको सो उपभोत्ता समितिको विषेश भेलाले केबलकार संचालनका लागि समितिबाट आवश्यक जग्गा उपलब्ध गराउने सम्बन्धमा सहमती प्रदान गर्ने र सम्बँिन्धत निकायमा सिफारिस गर्ने निर्णय गरिएको छ । केबलकार पुर्णरुपमा बाताबरणमैत्रि तरिकाले सिमेन्ट कँक्रिटको प्रयोग सकेसम्म गर्दै नगर्ने, केबलकार को निर्माण तथा सन्चालनमा तथा बुटबल १,२ सामुदायिक उपभोक्ता लाई बढि प्राथमिकता दिने कुरा सिद्धार्थ केवलकार का सदस्य माधब नेपाल ले बताउनु भयो । वन उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यहरु, बुटवल उपमहानगरपालिका वडा नम्बर १र २ का वडाअध्यक्ष सहितका प्रतिनिधिहरु,पूर्व अध्यक्षहरु, आम उपभोक्ताहरु , बुद्धिजिवि, समाजसेवी,पत्रकार, सरोकारवाला निकायका प्नतिनिधि लगाएतको उपस्थििती रहेको सो भेलाले उक्त निर्णय गरेको हो । संस्थापक अध्यक्ष तथा सल्लाहाकार रबिन्द्रगोपाल लाकौल,सल्लाहाकार महेन्द्र राजभण्डारी, बाबुराम पोख्रेल, तेजबहादुर पुन नुवाकोट विकास समितिका अध्यक्ष माधव प्रसाद नेपाल सिद्धार्थ केवलकार प्रा.लि.का कन्सल्टेण्ट तथा रोपवे नेपाल प्रा.लि.का अध्यक्ष गुण राज ढकाल लगाएतका बक्ताहरुले केवलकार संचालनले पुरानो बटौलीका साथै समग्र बुटवलको आर्थिक विकासमा महत्वपूर्ण भुभिका खेल्ने बताएका थिए । समितिका उपाध्यक्ष विण्णुमान शाक्यको स्वागत मन्तब्यबाट शुरुभएको सो कार्यक्रमको संचालन समितिको सो कार्यक्रमको संचालन समितिका सदस्य लक्ष्मी श्रेष्ठको रहेको थियो ।
Bottom Station of Siddhartha Cable Car
Top Station of Siddhartha Cable Car
Top Station of Siddhartha Cablecar
0215

Comments