बुटवलमा केवलकार सञ्चालनको तयारी
बुटवलमा केवलकार सञ्चालनको तयारी बुटवलको फुलवारी उत्तरपट्टिको देउरालीबाट पाल्पाको नुवाकोट गढीसम्म केवलकार सञ्चालन हुने भएको छ । करिब १ अर्व रुपैयाको लगानीमा निमार्ण हुने सो केवलकार निमार्णको र्पू तयारी अन्तिम चरणमा पुगेको छ। कुल लम्बाइ २ कि.मी ९० मिटर रहेको सो केबलकारको निमार्ण यसैबर्ष शुरुहुने सिद्धार्थ केवलकार का संचालक राजेन्द्रसिंह गुरुङ्गले बताए । केवलकार संचालनका लागि आवश्यक जग्गा उपलब्ध गराउन बुटवल सामुायिक वन उपभोक्ता समिति १—२ रुपन्देहीले सहमती प्रदान गरिसकेको छ ।उपभोक्ता समितिको सहमती र सम्बन्धित निकायमा सिफासिसका लागि आवश्यक निर्णय गर्न शनिबार एक विशेष भेलाको आयोजना गरिएको थियो । सन २०२० को जनवरीसम्ममा निमार्णसम्पन्न हुने केवलकारमा प्रत्यक्ष ६० जना र अप्रत्यक्ष १ सय ५० जना भन्दा बढीले रोजगारी प्राप्त गर्ने सिद्धार्थ केबलकार प्रा.लि . का कन्सल्टेण्ट एवर्म रोपवे नेपाल प्रा.ली. का अध्यक्ष गुण राज ढकालले बताएका छन । ढकालका अनुसार अबको ४ महिनापछि केवलकारको निमार्ण शुरु हुनेछ भने निमार्ण शुरु भएको १८ महिनामै सम्पन्न हुने छ ।सहमतीपछि जग्गा हस्तान्तरण...